नमो बुद्धाय ! नमो धर्माय !! नमो सङ्घाय!!!
बौद्ध जागरण संघ
ललितपुर, नेपाल
“बुद्धको शिक्षा, समाजको जागरण”



बौद्ध जागरण संघ, ललितपुरद्वारा आध्यात्मिक जागरण प्रवर्द्धन गर्दै पहिलो थाइल्यान्ड तीर्थयात्रा सफलतापूर्वक सम्पन्न।
बौद्ध जागरण संघद्वारा पहिलो अन्तर्राष्ट्रिय बौद्ध तीर्थयात्रा (थाइल्यान्ड) सफलतापूर्वक सम्पन्न।
वि.सं. २०८३ साल वैशाख १६–१८ गते (अप्रिल २९ – मे १, २०२६) सम्म धर्म वङ्छ्युक गोम्पा, मानिखेलमा धर्मदेशना, विश्व शान्ति पूजा तथा गाउँ परिक्रमा सहितको तीन दिने भव्य कार्यक्रम सम्पन्न भयो।
२५६९ औँ बुद्ध जयन्तीको अवसरमा छोक मर्मे मोनलम पाठ, पूजा कार्यक्रम तथा शान्ति र्याली आयोजना गरिएको थियो।
स्थान: साँखु त्रिरत्न छ्योर्तेन, ललितपुर।
अध्यक्षको सन्देश
बौद्ध जागरण संघको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ।
हामी बौद्ध धर्म, संस्कृति तथा मानवीय मूल्यहरूको संरक्षण, प्रवर्द्धन र विकासमा समर्पित संस्था हौँ। भगवान् गौतम बुद्धका करुणा, मैत्री र अहिंसाका शिक्षालाई समाजमा फैलाउने उद्देश्यले विभिन्न धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आएका छौँ।
यस वेबसाइटमार्फत संस्थाका गतिविधि, सूचना तथा सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नुहुनेछ। यहाँहरूको साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार।
हाम्रो बारेमा
वि.सं. २०६२ सालमा ललितपुरमा स्थापित बौद्ध जागरण संघ एक सक्रिय सामाजिक तथा धार्मिक संस्था हो। यस संस्थाले बुद्ध धर्मको प्रचार-प्रसार, नैतिक शिक्षा, र सामाजिक सेवाको माध्यमबाट समाजमा शान्ति, करुणा र मानवीय मूल्यहरूको प्रवर्द्धन गर्दै निरन्तर कार्य गरिरहेको छ।
हाम्रा उद्देश्य, दृष्टि, तथा मिसन
हाम्रो उद्देश्य
बुद्ध धर्मको प्रचार–प्रसार, सामाजिक सेवा र नैतिक मूल्यहरूको विकास गर्दै समाजमा शान्ति र सद्भाव कायम गर्नु।
हाम्रो दृष्टि
बुद्धका शिक्षामा आधारित शान्तिपूर्ण, समतामूलक र नैतिक समाज निर्माण गर्नु।
हाम्रो मिशन
धार्मिक, शैक्षिक तथा सामाजिक कार्यक्रममार्फत सबै समुदायलाई सकारात्मक परिवर्तनतर्फ प्रेरित गर्नु।
हाम्रा प्रमुख कार्यक्रमहरु
बौद्ध जागरण संघले धार्मिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा सञ्चालन गर्दै आएका प्रमुख कार्यक्रमहरूको झलक।
ध्यान शिविरको फोटो
नियमित ध्यान, प्रवचन तथा धर्मदेशना मार्फत बौद्ध शिक्षाको प्रचार–प्रसार गरिन्छ।
धार्मिक भ्रमण तथा तीर्थयात्रा
बौद्ध जागरण संघद्वारा विभिन्न पवित्र बौद्ध तीर्थस्थलहरूमा नियमित धार्मिक भ्रमण तथा तीर्थयात्राको आयोजना गरिन्छ।
शैक्षिक कार्यक्रम
बौद्ध शिक्षा, नैतिक मूल्य तथा व्यक्तित्व विकासलाई प्रवर्द्धन गर्न विभिन्न शैक्षिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिन्छ।
बाल शिक्षा तथा कल्याण
आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित बालबालिकालाई शिक्षा, आवास, भोजन तथा आवश्यक सहयोग उपलब्ध गराउने कार्यमा सहजीकरण गर्दै उनीहरूको शैक्षिक र नैतिक विकासमा योगदान पुर्याइन्छ।
नवीनतम सूचना तथा विज्ञप्ति
संस्थाको उपलब्धि
हाम्रो अभियानमा सहभागी हुनुहोस्
सदस्यता, स्वयंसेवा वा सहयोगमार्फत बौद्ध जागरण संघको अभियानलाई सफल बनाउन साथ दिनुहोस्।
सदस्य बन्नुहोस्
बौद्ध जागरण संघको सदस्य भई हाम्रो संस्था तथा अभियानसँग औपचारिक रूपमा आबद्ध हुनुहोस्। सदस्यतामार्फत विभिन्न धार्मिक, सामाजिक र सांस्कृतिक गतिविधिमा सहभागी हुन सक्नुहुन्छ।
स्वयंसेवक बन्नुहोस्
संघद्वारा सञ्चालन गरिने कार्यक्रम, सेवा तथा जनचेतनामूलक अभियानमा स्वयंसेवकका रूपमा सक्रिय भूमिका निर्वाह गर्नुहोस्।
सहयोग / दान गर्नुहोस्
तपाईंको आर्थिक वा अन्य सहयोगले धर्म, शिक्षा, संस्कृति तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तर सञ्चालन गर्न महत्वपूर्ण योगदान पुर्याउँछ।
ग्यालेरी
बौद्ध जागरण संघद्वारा सञ्चालन गरिएका धार्मिक, शैक्षिक तथा सामाजिक गतिविधिहरूका केही अविस्मरणीय झलकहरू।
बुद्ध जयन्ती समारोह
ध्यान तथा धर्मदेशना
सामाजिक सेवा अभियान
धार्मिक भ्रमण तथा तीर्थयात्रा
शैक्षिक कार्यक्रम
संघका विशेष गतिविधिहरू
हामीलाई सम्पर्क गर्नुहोस्
हाम्रो स्थान
© २०२६ बौद्ध जागरण संघ, ललितपुर, नेपाल।
सर्वाधिकार सुरक्षित।